डिजी कृषि आयोजना हुने, चुनौती र अवसरहरूबारे कार्यशाला

  • Technology Khabar | २६ भाद्र २०७९, आईतवार
डिजी कृषि आयोजना हुने, चुनौती र अवसरहरूबारे कार्यशाला

काठमाडौं ।

घाम पावर नेपालको आयोजनामा ‘डिजी कृषि’ नेपालमा डिजिटल कृषिको अवस्था, चुनौती र अवसरहरूबारे एक दिने कार्यशाला गोष्ठी हुने भएको छ।

डिजिटल कृषिमा काम गर्ने संघ संस्था एवंम सरोकारवालाहरूसँग यहि भदौ ३१ गते शुक्रबार एक दिनको कार्यशाला गोष्ठी ‘डिजी कृषि’को आयोजना गर्ने भएको हो।

डिजिटल कृषिमा काम गर्दै आएका सरोकारवालाहरू ९सरकारी अधिकारीहरु, निजी कृषि कम्पनीहरु, विश्वविद्यालयका प्राध्यापकहरू, अनुसन्धान विशेषज्ञ, कृषि तथा इन्जिनियरिङ् विद्यार्थीहरू र किसानहरू०लाई एक ठाउँमा राखेर नेपाललमा डिजिटल कृषिको अवस्था, चुनौती र अवसरहरूको बारेमा छलफल गर्ने सो कार्यक्रमको उद्देश्य भएको कम्पनीले जनाएको छ।

सन् २०१०, मा स्थापना भएको घाम पावर नेपाल एक सामाजिक उद्यम कम्पनी हो।

ग्रामीण भेगमा जहाँ ग्रिडबाट बिजुली पुगेको छैन त्यहाँ सौर्य उर्जा मार्फत् जीवनमा उज्यालो छर्दै आइरहेको छ। सन् २०१५ मा तराईका ग्रामिण किसानहरूलाई भरपर्दो सिंचाइ प्रदान गरि उत्पादन र आम्दानी दोब्बर कसरी बढाउन सकिन्छ भनेर घाम पावरले वातावरण मैत्री सौर्य सिंचाइ प्रणालीमा काम गर्दै आइरहेको छ।

सौर्य सिंचाइ प्रणाली सँगसँगै व्यक्तिगत कृषि सल्लाह र परामर्श पनि प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले सन् २०२२ देखि मोबाइल एप ‘सुपर कृषक’मार्फत् कसरी व्यक्तिगत डिजिटल कृषि सल्लाह दिन सकिन्छ भनेर अनुसन्धान
गरिरहेको छ।

प्रकाशित: २६ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार