एप्पल वाचले बचायो ५४ वर्षीय व्यक्तिको जीवन

  • Technology Khabar | २६ भाद्र २०७९, आईतवार
एप्पल वाचले बचायो ५४ वर्षीय व्यक्तिको जीवन

काठमाडौं ।

एप्पलले गत बुधबार ‘फार आउट’ कार्यक्रम गर्दै आईफोन १४ सिरिजसँगै अन्य विभिन्न डिभाइस सार्वजनिक गरेको छ ।

आईफोन १४ सिरिज अन्तर्गत आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सार्वजनिक भएका छन् भने कम्पनीले एप्पल वाच सिरिज, एप्पल वाच एसई, एप्पल वाच अल्ट्रा र एयरपड्स प्रो पनि सार्वजनिक गरेको छ ।

एप्पलको वाचले इंग्ल्याण्डको एक ५४ वर्षीइ व्यक्तिको जीवन बचाएको अमर उजालाले उल्लेख गरेको छ।

नर्विचमा बस्ने ५४ वर्षीइ डेभिडलाई उनको श्रीमतीले जन्म दिनको अवसरमा यस वर्षको अप्रिलमा एप्पल वाच गिफ्ट गरेकी थिइन्। उक्त वाचले डेभिडलाई नयाँ जीवन दिएको छ। रिपोर्टका अनुसार डेभिडको धड्कन ४८ घण्टामा १३८ पटक बन्द भएको थियो र हार्ट रेट धेरै स्लो भएको थियो।

एप्पल वाचले डेभिडलाई उनको हार्ट रेट जम्मा ३० बीपीएम भएको जानकारी दिएको थियो। हार्ट रेट ६० देखि १०० बीपीएम बीच हुन आवश्यक छ। स्मार्टवाचको प्राविधिक खराबीका कारण यस्तो रिपोर्ट आएको डेभिडले अनुमान लगाएका थिए। वाचले लगातार अलर्ट दिन थालेपछि डेभिड नर्विच यूनिभर्सिटी अस्पतालका हृदय विशेषज्ञसँग भेटे। जहाँ डेभिडको एमआरआई र ईसीजी गरियो।

जाँचको एक दिन पछि डेभिडलाई अस्पताल बोलाइयो र उनलाई थर्ड डिग्री हार्ट ब्लोकेज भएको जानकारी दिइयो। उनलाई कुनै पनि समय हार्ट अटैकको उच्च जोखिम रहेको बताइयो। त्यसपछि डेभिडको बायपास सर्जरी गरियो र पेसमेकर जडान गरियो।

सर्जरी पछि डेभिडले भने, ‘मेरी श्रीमतीको उपहारका कारण मेरो जीवन बच्यो। यदि उनले मलाई मेरो जन्मदिनमा एप्पल वाच खरिद नगरेको भए, आज शायद म जीवित हुने थिइन्।’ चार्जिङको समय बाहेक हमेसा उनी एप्पल स्मार्ट वाच लगाउँथे। रिपोर्टका अनुसार बेलायतमा हरेक दिन १२ जनालाई हार्ट अटैक हुन्छ। र, उनीहरुको औसत उमेर ३५ वर्ष रहेको छ।

प्रकाशित: २६ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार