
काठमाडौं ।
केन्ट आरओले दशैं,तिहार तथा छठ पर्वका लागि २०७९ अफर ल्याएको छ।
नेपालका लागि केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक,
सिजी इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको हो।
नेपाल र भारतमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केट्टेल उपहार स्वरूप प्रदान गरिनेछ।
यो ग्राहक योजना भदौं १३ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जानकारी दिएको छ।
जसले गर्दा आज सफा पिउने पानीे आवश्यकता बनेको छ।
प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ।
साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ। पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ।
यसैले, आरओबाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि आवश्यकता भएको छ।
केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध छन्।
प्रकाशित: २६ भाद्र २०७९, आईतवार