
काठमाडौं ।
एप्पलले आफ्नो इभेन्टमा एप्पल वाच सिरिज ८ लन्च गरेको छ।
नयाँ एप्पल वाच सिरिज ८ मा ४१ एमएम र ४५ एमएम डायल साइज दिईएको छ। एप्पल वाच प्रोमा ४७ एमएम डायल दिइएको छ।
एप्पल वाच सिरिज ८ ले अन्ततः नयाँ सेन्सर पाएको छ। जसले शरीरको तापक्रम मापन गर्न सो सेन्सरले काम गर्नेछ। यसका साथै महिलाहरुको लागि मासिकश्रावको साइकल ट्र्याकर समेत राखिएको छ।
यसमा पहिलो पटक क्र्याश डिटेक्सनको फिचर पहिलो पटक ल्याईएको छ। यसको लागि एक्सेलेरोमिटर र जाइरोस्कोप दिईएको छ। यसले कार र ट्रकलगायतमा हुने दूर्घटनालाई पनि जानकारी दिन्छ।
यो वाच ओएस ९ मा आधारित रहेर संचालन हुन्छ भने यो १८ घण्टाको ब्याट्री फिचर रहेको छ भने कम्पनीले लो पावर मोड समेत दिएको छ।
यसमा अन्तराष्ट्रिय रोमिङ्ग सुबिधा पनि उपलब्ध हुनेछ। यो चार कलरमा उपलब्ध हुने जानकारी दिईयो।
यस बाहेक यसमा प्रयोगकर्ताको सुत्ने गतिबिधिलाई उत्कृष्टरुपमा अध्ययन र विश्लेषण गर्न स्लिपिङ्ग ट्र्याक एण्ड फिटनेस फिचर दिईएको छ।
यसको बजार मूल्य ३९९ देखि शुरु हुनेछ र यो सेप्टम्बर १६ देखि उपलब्ध हुनेछ।

एप्पल वाच एसई
यसका साथै कम्पनीले एप्पल वाच एसई समेत लन्च गरेको छ।
कम्पनीले एसईको नयाँ भर्सन ल्याएको छ। र यो ३ नयाँ कलरमा आएको छ भने रिडिजाइन गरिएको छ।
यो सस्तो भर्सनमा कम्पनीले वाच ल्याएको हो।
नयाँ एसई वाच पुरानो भन्दा २० प्रतिशत फास्ट भएको बताईएको छ। यसमा एस ८ चिपसेट राखिएको छ।
यो २४९ डलर मूल्यदेखि बजारमा उपलब्ध हुनेछ।
एप्पल वाच अल्ट्रा
यसका साथमा कम्पनीले रग्ड एप्पल वाच समेत लन्च गरेको छ। जसलाई एप्पल वाच अल्ट्रा नाम दिएको छ। यसको डायल ४९ एमएमको साइज रहेको छ।
यो अन्त्य कडा स्थानमा प्रयोग गर्ने गरी लन्च गरेको छ भने कडा किसिमको बटन राखिएको छ। यसमा दोस्रो माइक्रोफोन र अडियो सिस्टम समेत राखिएको छ। यसमा अतिरिक्त ब्याट्री छ जसले ३६ घण्टासम्म संचालन हुनसक्दछ।
यसको लागि सबैभन्दा नयाँ हार्डवेयरका साथमा नाइट मोडसमेत दिएको छ। यो आउटडोर वाटर स्पोर्टस लगायतका लागि प्रयोग गर्न सकिन्छ।
यसको मूल्य विशेषगरी खेलाडीहरुलाई केन्द्रित भएर ल्याईएको बताईएको छ। यसमा डुओ फ्रिक्वेन्सी जीपीएस सिस्टम राखिएको छ। यो १०० फिट मुनीसम्म पानीमा प्रयोग गर्न सकिनेछ।
यसको बजार मूल्य ७९९ डलर तोकिएको छ र यो सेप्टेम्बर २३ देखि उपलब्ध हुनेछ।
प्रकाशित: २२ भाद्र २०७९, बुधबार