सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा ‘टेलिफोन इन्टरसेप्ट’ गर्ने प्रावधान पारित

  • Technology Khabar | २२ भाद्र २०७९, बुधबार
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा ‘टेलिफोन इन्टरसेप्ट’ गर्ने प्रावधान पारित
सांकेतिक तस्विर

काठमाडौं ।

प्रतिनिधि सभाको भदौ २१ गते मंगलबारको बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा संशोधन गर्दै ‘टेलिफोन इन्टरसेप्ट’ गर्ने सहितका नयाँ प्रावधानहरु थप गरेको छ।

जसमा सबैभन्दा नयाँ र महत्वपूर्ण दफा अनुसन्धानको क्रममा टेलिफोन इन्टरसेप्ट गर्न सकिने रहेको छ। जसको उपदफा (घ) मा ‘टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्ने (इन्टरसेप्सन)’ गर्न सकिने प्रावधान राखिएको छ।

प्रतिनिधि सभाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ लाई पारित गरेको संशोधनमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा सुराकी र छद्म भेषी अनुसन्धान समेत गर्नसक्ने व्यवस्था गरेको छ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानमा परेको व्यक्तिमाथि सुराकी परिचालन, अण्डर कभर अपरेसन, टेलिफोन र कम्प्युटर र विद्युतीय प्रणालीमा पहुँच एवं तत्काल पक्राउ समेत गर्न सकिने प्रावधान थप गरिएको छ।

यद्यपि, टेलिफोनको विवरण लिनुपूर्व भने अदालतको पूर्व स्वीकृति लिनुपर्ने विद्येयकमा छ।

त्यस्तै सो ऐन संसोधनले विद्युतीय वा डिजीटल माध्यमबाट आर्जन गरिने सम्पत्तिलाई समेत समेटेको छ। हालको ऐनमा अब ‘प्राकृतिक, विद्युतीय वा डिजीटल’ भन्ने शब्दहरु थप हुने समेत संसोधन प्रस्ताव पारित गरिएको छ।

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकैपटक विभिन्न १५ ओटा ऐन संशोधन गरेको हो।

प्रकाशित: २२ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार