Technology Khabar २२ भाद्र २०७९, बुधबार
काठमाडौं ।
नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ई.ओ.एल. प्रालिले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो।
नेपालमा भान्सा उपकरणहरूका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “दशैं तिहार मनाऔं, खुशीमा रमाऔं” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ्ग रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सी.जी. ब्रान्डको इलेक्ट्रिक केट्टल उपहार स्वरूप प्रदान गरिएको छ।
कम्पनीकाअनुसार ग्राहक योजना भाद्र १३ गतेदेखि नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ भने एलिकाले ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो।
प्रकाशित: २२ भाद्र २०७९, बुधबार