
काठमाडौं ।
नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ई.ओ.एल. प्रालिले यसपालीको दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई लक्षित गर्दै “केन्ट आर.ओ. दशैं तिहार, हरेक खरिदमा उपहार” भन्ने नारासहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा सि.जी. ब्रान्डको इलेक्ट्रिक केट्टेल उपहार स्वरूप प्रदान गरिएको छ।
यो ग्राहक योजना भदौ १३, २०७९ देखि सम्पूर्ण नेपालमा सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ।
कम्पनीकाअनुसार केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र बजारमा उपलब्ध रहेको जनाएको छ।
प्रकाशित: २२ भाद्र २०७९, बुधबार