बैंक अफ काठमाण्डूको कार्डबाट ईकमर्श कारोबार गर्दा रु.१५०० सम्म नगद फिर्ता

  • Technology Khabar | २१ भाद्र २०७९, मंगलवार
बैंक अफ काठमाण्डूको कार्डबाट ईकमर्श कारोबार गर्दा रु.१५०० सम्म नगद फिर्ता

काठमाडौं ।

बैंक अफ काठमाण्डूले चाडपर्वलाई लक्षित गरी ई–कमर्समा डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण कारोबारमा नगद फिर्ता दिने योजना ल्याएको छ।

बैंकको कार्डबाहकले विभिन्न ईकमर्स प्लेटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा कारोबार गर्नु भएको रकमको १० प्रतिशत वा अधिकतम् रु. १५०० सम्म नगद फिर्ता पाउन सक्ने बैंकले जनाएको छ।

बैंककाअनुसार नगद फिर्ता योजना भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ।

नगद फिर्ता योजना अन्तर्गत बैंकको कार्डबाहकले नगद फिर्ताको लागि योजना अवधिभर ३ वा सोभन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम रु. १०,००० वा सो भन्दा बढि रकम हुनपर्ने बैंकले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार