नोकिया सी२१ प्लस बजारमा, मूल्य १६ हजार ९९९ रुपैयाँ

  • Technology Khabar | २१ भाद्र २०७९, मंगलवार
नोकिया सी२१ प्लस बजारमा, मूल्य १६ हजार ९९९ रुपैयाँ

काठमाडौं ।

नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र सी सिरिजअन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक गरेको छ। यसको मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइसले भने, ‘उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले सी शृंखला निकालेका छौँ। उपभोक्ताहरूको समस्याहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामराको गुणस्तरलाई सम्बोधन गर्दै नोकिया सी२१ प्लस डिजाइन गरिएको छ।’

एन्ड्रोइड ११ (गो एडिसन टीएम)मा १३ मेगापिक्सेल एचडीआर सञ्चालित डुअल क्यामरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा ग्राहकहरूको आवश्यकताअनुसार यो स्मार्टफोन बनाइएको उनले बताए।

यस्ता छन् विशेषता

स्लिम डिजाइनमा भरपर्दो ब्याट्री
आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सी२१ प्लस ५०५० एमएएच ब्याट्री साइजमा समावेश गरिएको छ। यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ।

बलियो र कडा परीक्षण गरिएको
विश्वको सबैभन्दा बलियो मानिएको नोकियाको ऋद्दज्ञ प्लस गुणस्तरको सन्दर्भमा तपाई ढुक्क हुन सक्नुहुन्छ। यसमा भाएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि मूल्याङ्कन गरिएको छ।

प्रख्यात सुरक्षा
स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्त्वपूर्ण सञ्चारको हब पनि मानिन्छ। सी–सिरिजको हिस्सा भएको नोकिया सी२१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ। थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले अझ बढी सुरक्ष्या सुनिश्चित गर्दछ।

क्लिन ओएस
नोकिया सी२१ प्लस एन्ड्रोइड ११ (गो एडिसन टीएम), एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ आउँदछ जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ। न्यूनतम प्रीलोडहरूले पनि स्टोरेजमा सम्झौता नगरी यसको अधिकतम लाभ उठाउन मद्दत गर्दछ।

एचडीआर प्रविधिको साथ १३ एमपी डुअल क्यामराले अविस्मरणीय पलहरूलाई कैद गर्न मद्दत गर्दछ। विभिन्न मोडहरू जस्तै पोर्ट्रेट, पानोरमा र ब्यूटिफिकेशनले देखिने आश्चर्यजनक तस्बिरहरू सिर्जना गर्दछ। ६.५ इन्च एचडी प्लस डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट भिडियो र तस्बिरहरू सुनिश्चित गर्दछ।

मूल्य र उपलब्धता
३र३२ जीबी स्टोरेज र अन्य भेरियन्टहरूको साथ डार्क सियान र वार्म ग्रे रंगमा उपलब्ध यो फोनको मूल्य १६ हजार ४९९ रुपैयाँ छ।

प्रकाशित: २१ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार