वडामा गुनासो सुन्न टोल फ्री नम्बर सञ्चालनमा

  • Technology Khabar | २१ भाद्र २०७९, मंगलवार
वडामा गुनासो सुन्न टोल फ्री नम्बर सञ्चालनमा

काठमाडौं ।

दार्चुलाको लेकम गाउँपालिका–५ ले पहिलोपटक वडामा जनताका सुझाव र गुनासो सुन्न टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ।

जनगुनासो सुन्न वडा कार्यालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको वडाध्यक्ष बलदेवसिंह बोहराले जानकारी दिए। सकारात्मक सुझाव ग्रहण गर्ने, जनगुनासो सुन्ने र आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने मुख्य उद्देश्यले वडामा टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको वडाध्यक्ष बोहराले बताए।

“नेपाल टेलिकमको १६६०९३४२००१ नम्बरको टोल फ्री नम्बरमा हरेक दिन २४सै घण्टा गुनासो सुन्नका लागि सञ्चालन गरेका छौँ,” उनले भने, “सेवाग्राही जनताको सजिलोका लागि टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको हो।”

गाउँपालिकामा रिचार्जको बिल पेस गर्नुभन्दा सबैको सुझाव, सल्लाह, गुनासा र प्रतिक्रिया सुन्नका लागि टोल फ्री नम्बर उपयुक्त हुने लागेर सेवा सञ्चालन गरिएको वडाध्यक्ष बोहराको भनाइ छ। टोल फ्री नम्बरमा फोन गर्दा जनताको पैसा खर्च हुने छैन भने वडाध्यक्ष बोहरासँग सिधै कुराकानी हुनेछ।

कतिपय जनप्रतिनिधिले निर्वाचित भएपछि फोन उठाउनै छोडेको जनगुनासो आइरहेका बेला जनताकै गुनासा सुन्न टोल फ्री नम्बर सञ्चालनमा आएपछि प्रशंसा भइरहेको छ। देशका केही पालिकाले टोल फ्री नम्बर यसअघि सञ्चालनमा ल्याएको भए पनि वडा तहमा टोल फ्री नम्बर सञ्चालनमा ल्याउने लेकम गाउँपालिका‐५, सम्भवतः देशमै पहिलो वडा रहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए। गोरखापत्रबाट

प्रकाशित: २१ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार