
काठमाडौं ।
ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेको अभियोगमा भक्तपुर नगरपालिका-११ तौमडी बस्ने ३२ वर्षीय प्रबिन किजुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित इन्फो टेक्स नेपाल प्रालिमा अनलाईनमार्फत ल्यापटप खरिद गर्न १० हजार रूपैयाँ दिई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा मगाएर बाँकी १ लाख ४८ हजार रूपैयाँ रकम एनएमबी बैंकको निजको खाताबाट भुक्तान हुने भनि विश्वास दिलाएका थिए।
तर हस्ताक्षर नमिलेको र खातामा रकम समेत नभएको चेक दिइ ठगी गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २० भाद्र २०७९, सोमबार