चोरीपैठारी गरी ल्याइएका ६ थान आईफोनसहित २ जना पक्राउ

  • Technology Khabar | २० भाद्र २०७९, सोमबार
चोरीपैठारी गरी ल्याइएका ६ थान आईफोनसहित २ जना पक्राउ

काठमाडौं ।

भन्सार छलेर चोरीपैठारी गरी ल्याइएका ६ थान आईफोनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौँ महानगरपालिका-१४ बल्खुबाट शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिक-६ बस्ने २६ वर्षीय सबिन छेंगुतला र स्याङ्जा बिरुवा गाउँपालिका-४ घर भई हाल काठमाडौँ ठमेल बस्ने २२ वर्षीय कृष्ण बहादुर थापा रहेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका मोबाइलहरू बिक्री भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोबाइलहरू सहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरणमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार