दाहुवाको दशैं अफरः ‘सीसीटिभी तथा सामाग्रीहरु किन्नुस्, दुबई घुम्ने मौका जित्नुस्’

  • Technology Khabar | १९ भाद्र २०७९, आईतवार
दाहुवाको दशैं अफरः ‘सीसीटिभी तथा सामाग्रीहरु किन्नुस्, दुबई घुम्ने मौका जित्नुस्’

काठमाडौं ।

नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीकरुपमा आयात तथा बितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर “दुबई घुमौं यसपालीको दशैं तिहार” मा नामक योजनाअन्तरगत नयाँ अफर सार्वजनिक गरेको हो।

कम्पनीले कुनैपनि ग्राहकहरुले रु.१५ लाख बराबरको दाहुवा ब्राण्डका सीसीटिभी तथा अन्य सामानको खरिदमा सो अफरमा सहभागी हुन पाउने छन्। योजना यहि २०७९ भदौ ९ गतेदेखि २०७९ असोज ३१ गतेसम्म खरिद गरिएका दाहुवाका सामग्रीहरुमा मात्र लागू हुने जानकारी दिएको छ।

यस बाहेक बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर नै खरिद गरौं “दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा” अफर समेत ल्याएको छ। यसअफर अन्तरगत कम्पनीले रु.३ लाख बराबरको खरिदमा २२ इन्चको मनिटर सित्तैमा उपहार दिनेछ भने २ लाख बराबरको खरिदमा १९ इन्चको मनिटर उपहारमा पाईनेछ।

यो अफर योजना लागू भएपछि खरिद गरिएका सामानहरुमा मात्र लागू हुनेछ भने योजना नगद खरिदमा मात्र लागू हुनेछ।

खरिद गरौं दाहुवाको प्रोडक्ट, लैजाउँ १९ र २२ इन्चको मनिटर सित्तैमा अफर अन्तरगतको योजना यहि २०७९ भदौ १७ गतेदेखि २०७९ मंसिर १४ गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार