फोर्स मोटर्सको दशैँ तिहार अफर

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
फोर्स मोटर्सको दशैँ तिहार अफर

काठमाडौं ।

फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालीहरुको महान चाड दशैँ र तिहारको अवसरमा ग्राहक वर्ग लाई ध्यानमा राखी कुनै पनि गाडीको खरीदमा भरमार उपहारको वर्षा लिएर आएको छ।

जसअन्तर्गत आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्टफोन लगायतका उपहारहरुको वर्षा ल्याएको छ। यस अफर आजको मितिदेखि लागु भई छठ पर्व अर्थात २०७९ कार्तिक १३ गतेसम्म लागु हुनेछ ।

बिगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलमार्फत आफ्ना गाडीहरुको बिक्री वितरण गर्दै आईरहेको जनाएको छ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाडौँको गैहिृधारा, पोखराको चाउथे र सुनसरीको इटहरीमा आफ्नै शोरुम संचालनमा ल्याएको छ भने स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा , झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्स मोटर्सका गाडीहरु बिक्री वितरणमा ल्याईरहेको छ।

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal-India Startup Samvad strengthens bilateral Startup collaboration

  • Technology Khabar
  • १७ भाद्र २०७९, शुक्रबार