
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)ले नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको बारेमा दिएको ३ बुँदे निर्देशन पालना गर्न सबै सेवा प्रदायकहरुलाई आग्रह गरेको छ।
इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था आइस्पानले आज सार्वजनिक सूचना जारी गर्दै सेवा प्रदायकहरुको लगानीको संरक्षण, ग्राहकलाई गुणस्तरीय इन्टरनेट सेवा, इन्टरनेटको बजारको अवस्था सम्बन्धी प्राधिकरणले गत साउन २५ गते दिएको निर्देशनलाई पालना गर्न भनेको हो ।
सो निर्देशनमा सबै सेवा प्रदायकहरुलाई सेवाको बण्डलिङ्ग गर्न गैरकानूनी भएको, इन्टरनेट सेवा, टिभी सेवा लगायतका अन्य प्रकृतिको सेवाको लागि छुट्टाछुट्टै इन्भ्वाइस जारी गर्ने र प्याकेज तथा सेवाको प्राधिकरणबाट स्वीकृत गरी मात्र सेवा संचालन गर्नुपर्ने अन्यथा प्राधिकरणले कारबाही गर्ने उल्लेख छ।
सम्बन्धित समाचार-
इन्टरनेट सेवा प्रदायकले संचालन गरिरहेका सबै बण्डलिङ सेवाहरु गैरकानूनी, तत्काल बन्द गर्न निर्देशन
आइस्पानले पनि सो निर्देशनहरु पालना गर्न र इन्टरनेट इकोसिस्टम, इन्डष्टिङ्ग सस्टेनेबिलिटी, क्वालिटी अफ सर्भिस, प्रिडाटोरी प्राइसिङ्ग क्यानिबलाईजेसन लगायतलाई ध्यानमा राखेर नियामक निकायको निर्देशन पूर्ण पालना गर्ने जनाएको छ ।
यसका साथै आइस्पानले देशभरीका सबै इन्टरनेट सेवा प्रदायकहरुलाई समेत सो निर्देशन पालना गर्न आग्रह गरेको छ।
यो पनि हेर्नुस्-
सीजीनेटलाई कारबाही गर्न इन्टरनेट सेवा प्रदायक संघको माग, दूरसञ्चार प्राधिकरणमा उजुरी दर्ता
प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार