नाडा इभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
नाडा इभी एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न

काठमाडौं ।

नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभी एक्सपो २०२२ को तयारी तिब्र गतिमा अगाडी बढीरहेको छ। सो एक्सपोमा चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ ।

यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ।

काठमाण्डौको भृकुटी मण्डपमा असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने नाडा इभी एक्सपो २०२२ मा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम टेकु स्थित आफनै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए।

उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार