नगरभित्रका अव्यवस्थित इन्टरनेटका तारहरु व्यवस्थापन गर्दै टोखा नगरपालिका

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
नगरभित्रका अव्यवस्थित इन्टरनेटका तारहरु व्यवस्थापन गर्दै टोखा नगरपालिका
सांकेतिक तस्विर

काठमाडौं ।

टोखा नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सबै अव्यवस्थित तारहरु हटाउने र व्यवस्थापनको काम गर्ने भएको छ।

नगरपालिकाले हालै सबै सरोकारबालाहरुलाई पत्र पठाउँदै अव्यवस्थित तार व्यवस्थापनको कार्यमा सहयोग गर्न भनेको छ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, सम्पूर्ण इन्टरनेट सेवा प्रदायकहरु तथा आइस्पानलाई पत्र पठाएर तार व्यवस्थापनको कार्य गर्न भनेका हुन्।

टोखा नगरपालिकाले इन्रटनेट टेलिफोन विद्युतका अव्यवस्थित तारको व्यवस्थापन गर्ने बारेमा भदौ ९ गतेको बैठकले भदौ १५ गतेदेखि कार्यक्रम संचालन गर्ने निर्णय गरेको जानकारी गराएको छ ।

सोहिअनुसार भदौ २० गतेसम्म सबै इन्टरनेट सेवा प्रदायकहरु केबल तथा टिभी संचालनकहरुलाई सो कार्यालयमा सूचिकृत हुन समेत आग्रह गरेको छ ।

यसका साथै यहि भदौ २१ गतेदेखि बिहान ११ बजेदेखि ४ बजेसम्म सामाखुशी चोकदेखि अव्यवस्थित तारको व्यवस्थापन गर्ने कार्य शुरु हुने जानकारी गराएको छ।

यसअघि नै नगरपालिकाले सबै इन्टरनेट तथा केबुल सेवा प्रदायकहरुलाई सूचिकृत हुन भन्दै सूचिकृत नभएको खण्डमा र तार काटिएर सेवा अवरुद्ध भएमा कार्यालय जवाफदेही नहुने समेत चेतावनी दिएको थियो।

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार