
काठमाडौं ।
नेपालमा सामसङ इलेक्ट्रोनिक्स र होम अप्लाएन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देशकै पहिलो जीएसआई ४.० मापदण्डमा बनाएको छ।
यस अपग्रेडसँगै हिम इलेक्ट्रोनिक्सले काठमाडौँको खुसिबुमा नयाँ सामसङ स्मार्ट प्लाजाको शाखाको उद्घाटन पनि गरेको छ।
शोरुमको उद्घाटन सामसङ इलेक्ट्रोनिक्सका कर्पोरेट प्रेसिडेन्ट र सीएफओ पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्तरूपमा गरेका थिए।
उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यका बाहिर पाँच वटा सामसङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र छ ओटा आउटलेट सञ्चालनमा रहेको बताइन्। उनले उपभोक्ताको किनमेल प्रक्रिया सरल र सहज बनाउन अत्याधुनिक प्लाजाहरूको स्थापना गरिएको कुरामा पनि जोड दिईन्।
कम्पनीकाअनुसार सामसङ स्मार्ट प्लाजाले सामसङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामाग्रीहरू बिक्री गर्दछ।हिम इलेक्ट्रोनिक्सले सामसङ स्मार्ट प्लाजाहरूमार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आइरहेको दाबी गरेको छ।
प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार