बेको इलेक्ट्रोनिक्सले ल्यायो दशैं तिहार उपहार योजना

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
बेको इलेक्ट्रोनिक्सले ल्यायो दशैं तिहार उपहार योजना

काठमाडौं ।

युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले दशैं तिहारलाई लक्षित गर्दै ‘बेकोसँग दशैं तिहार, भित्र्याउनुहोस् खुशी र उपहार’ नामक योजना ल्याएको छ।

कम्पनीले ल्याएको यस योजना भदौ १० गतेबाट लागु भइसकेको छ।

यस योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ केजीको सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर पाईनेछ भने डिशवासरको खरिदमा २ प्याकेट फर्चुन डिशवासर ट्याब्लेट उपहार पाईनेछ।

साथै, बेको को रेफ्रिजीरेटरको खरिदमा इन्डक्सन कुकर उपहार पाईन्छ भने कूकिङ रेन्ज ९फ्री स्टान्डिङ ओवन० को खरिदमा प्रेसर कूकर र एअर कन्डिसनर को खरिदमा ४ हजार बराबरको फ्री इन्स्टलेसन पाईने कम्पनीले जनाएको छ।

बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी ईलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ।

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...