Technology Khabar १७ भाद्र २०७९, शुक्रबार
काठमाडौं ।
भारतीय अटो कम्पनी महिन्द्राको एक्सयूभी४०० इलेक्ट्रिकको पहिलो टिजर जारी गरिएको छ। कम्पनीले महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिक ८ सेप्टेम्बरमा सार्वजनिक गर्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनी यस इलेक्ट्रिक एसयूभी महिन्द्राको नयाँ एसयूभी लोगोका साथ सार्वजनिक गर्नेछ। यसको झलक टिजरमा पनि देख्न सकिन्छ।
महिन्द्रा अब इलेक्ट्रिक एसयूभी सेगमेन्टमा प्रवेश गर्दैछ, यस अभियान अन्तर्गत पहिलो मोडल एक्सयूभी३०० मा आधारित एक्सयूभी४०० इलेक्ट्रिक एसयूभी हुनेछ। यो पेट्रोल मोडलको इलेक्ट्रिक भर्जन हुनेछ। यसलाई कम्पनीले आगामी एसयूभी जस्तै नयाँ प्लेटफर्ममा तयार गरेको छैन। तर यसमा पेट्रोल मोडलको तुलनामा थेरै परिवर्तन देख्न सकिन्छ।
महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिकको लम्बाई ४.२ मिटर हुनेछ। मौजूदा एक्सयूभी३०० को ३९९५ मिलीमिटरभन्दा ठूलो हुनेछ। यसमा ग्राहकले ठूलो इन्टिरियर र बूट स्पेस पाउने छन्।
साथै यस एसयूभीमा नयाँ लोगो पनि दिइनेछ। कारको ग्रिल परिवर्तन गरिने छ र एक्स आकारको ग्रिल दिइनेछ। हेडलाइटको लुक भने परिवर्तन गरिने छैन।
रिपोर्टका अनुसार कम्पनीले एक्सयूभी४०० इलेक्ट्रिक अटो एक्सपो २०२३ जनवरीमा सार्वजनिक गर्नेछ र त्यसको केही समयपछि डिलिभरी शुरु गरिनेछ।
एक्सयूभी४०० इलेक्ट्रिकमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कम्पनीको कनेक्टिभिटी प्रविधि, इलेक्ट्रिक सनरुफ तथा टप भेरियन्टमा एडीएएस पनि उपलब्ध हुनेछ। वर्तमानमा कुनै पनि प्रतिस्पर्धी एसयूभीमा एडीएएस फिच दिइएको छैन। यस्तोमा महिन्द्रा पहिलो कम्पनी हुनेछ।
महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिकमा दुई ब्याट्री विकल्प दिइने सम्भावना छ। यसमा सिंगल इलेक्ट्रिक मोटर दिइनेछ। यो मोटरले १५० एचपीको पावर प्रदान गर्नेछ। महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिकले ३५० देखि ४०० किलोमिटरको रेञ्ज प्रदान गर्ने विश्वास गरिएको छ।
रिपोर्टका अनुसार महिन्द्रा एक्सयूभी४०० इलेक्ट्रिकको मूल्य १५ लाख भारुको आसपास हुनेछ।
प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार