आईफोन १४ अनुमान गरिएको भन्दा सस्तो हुने

  • Technology Khabar | १७ भाद्र २०७९, शुक्रबार
आईफोन १४ अनुमान गरिएको भन्दा सस्तो हुने

काठमाडौं ।

एप्पलको मेगा इभेन्ट ७ सेप्टेम्बरमा आयोजना हुने भएको छ। यस कार्यक्रममा एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गर्नेछ।

गिजचाइनाका अनुसार आईफोन १४ सिरिजको मूल्यका सन्दर्भमा नयाँ रिपोर्ट आएको छ। रिपोर्टका अनुसार आईफोन १४ को मूल्य आईफोन १३ भन्दा सस्तो हुनेछ।

केही समय अघिको रिपोर्ट अनुसार भने आईफोन १४ सिरिज आईफोन मध्येको सर्वाधिक महँगो हुने बताइएको थियो।

पछिल्लो रिपोर्टमा आईफोन १४ बेस मोडल १२८ जीबी स्टोरेजको मूल्य ७९९ अमेरिकी डलर हुने बताइएको थियो। भने भनेको आईफोन १३ समान मूल्य हो। ट्रेन्डफोर्सका अनुसार आईफोन १४ कम्तिमा अमेरिकामा ५० अमेरिकी डलर सस्तो हुनेछ। आईफोन १४ को शुरुवाती मूल्य ७४९ अमेरिकी डलर हुनेछ।

इन्ट्री लेभल आईफोन १४ म्याक्स ८४९ अमेरिकी डरलरमा उपलब्ध हुनेछ। समग्र बिक्रीमा गिरावट रोक्नका लागि एप्पलले विश्वव्यापी स्मार्टफोनमा भएको मूल्य वृद्धिको प्रचलन अपनाउन नचाहेको बुझिएको छ।

सोही विश्लेषकले १४ प्रोमा ५० र १४ प्रो म्याक्स मोडलमा १०० अमेरिकी डलर मूल्य बढ्ने बताएका छन्। आईफोन १४ को मूल्य १ हजार ४९ अमेरिकी डलर र आईफोन १४ प्रो म्याक्सको मूल्य ११४९ अमेरिकी डलर हुनेछ। मूल्यमा तल माथि गरेर कम्पनीले आफ्नो ब्यापार कभर गर्ने योजना बनाएको देखिन्छ।

प्रकाशित: १७ भाद्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार