शाओमी नेपालको “दशमी अफर”, शाओमी फोन खरिद गरेर लक्की ड्रमा उपहारहरू जित्ने मौका

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार
शाओमी नेपालको “दशमी अफर”, शाओमी फोन खरिद गरेर लक्की ड्रमा उपहारहरू जित्ने मौका

काठमाडौं ।

शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ। एक महिना लामो यो ‘दशMi’ क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि ‘दशMi’ लक्की ड्रमा प्रत्यक्ष सहभागी भई ‘दशMi‘ क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नेछन्।

शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष दशमी अफर ल्याएको जानकारी दिएको छ। दशमी क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले शाओमी ६५ इन्चको टिभी, चार जनाले शाओमी ४३ इन्चको टिभी र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले अन्य एसेसरिजहरु मध्ये कुनै एक जित्ने मौका पाउनुहुनेछ।

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ।”

अफरहरू भदौ १६, २०७९ देखि असोज १४, २०७९ सम्म मान्य हुनेछ र
यो अफर दराज र सस्तो डिलमा पनि लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...