बैंक अफ काठमाण्डूको एटिएम तथा पोसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार
बैंक अफ काठमाण्डूको एटिएम तथा पोसहरुमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पोसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानीहरु गर्न सक्ने सुबिधा ल्याएको छ। यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका पोस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नुहुनेछ।

बैंकको एटिएम तथा पोसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पे सहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा पोसको माध्यमबाट गर्न सकिने छ।

साथै, उक्त सम्झौताअनुसार बैंक अफ काठमाण्डू लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्नो ग्राहकहरुलाई मास्टरकार्ड उपलब्ध गराउने छ।

अब उपरान्त मास्टरकार्ड बाहकहरुले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटिएम तथा विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरु लगायत अन्य धेरै स्थानहरुमा सेवा तथा सुबिधा पश्चात् आफुसंग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...