नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार
नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’

काठमाडौं ।

नबिल बैंकले नेपालका सबै बैंकहरूका बीचमा डेबिट कार्ड र इ-कमर्स प्राप्ति व्यवसायमा उत्कृष्ट वृद्धि र उपलब्धिहरू बापत ‘एक्सलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ-कमर्स एक्वाइरिङ बिजनेस २०२२ अवार्ड २०२२’ जितेको छ।

भिसा इन्टरनेशनलले अगस्ट ३१ मा काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ मा नबिललाई अवार्ड प्रदान गरिएको थियो।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल टोलीका सबै सदस्यहरूलाई उनीहरूको समर्पण प्रति कृतज्ञता व्यक्त गर्दै भने, “नबिलले सधैं नेपालको पहिलो डिजिटल बैंक बन्नको लागि प्रयास गरेको छ र हाम्रो अथक प्रयासको लागि मान्यता पाउँदा हामी खुसी छौं। ”

उनले मूल्यवान ग्राहकहरूका लागि डिजिटल समाधानहरू प्रवर्द्धन गर्न सधैं ध्यान केन्द्रित र लगानी गरेको भन्दै यस्तो मान्यताले कम्पनीलाई डिजिटल डोमेन मार्फत ग्राहकको अनुभव अभिवृद्धि गर्न थप काम गर्न उत्प्रेरित गर्ने बताए।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...