क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतमा कारोबार नगर्न एनसीएचएलको चेतावनी, कारोबार गर्ने र गराउनेलाई कारवाही गरिने

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार
क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतमा कारोबार नगर्न एनसीएचएलको चेतावनी, कारोबार गर्ने र गराउनेलाई कारवाही गरिने

काठमाडौं ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले क्रिप्टोकेन्सी, भर्चुअल करेन्सी, हाइपर फण्ड र नेटवर्क मार्केटिङमा कारोबार नगर्न चेतावनी दिएको छ। एनसीएचएलले बिहीबार सूचना प्रकाशित गर्दै यस्तो कारोबारमा सहभागी नहुन अनुरोध गरेको हो।

नेपाल राष्ट्र बैंकले पनि विभिन्न समयमा यस्ता कारोबारहरुमा सहभागी नहुन सार्वजनिक सूचना प्रकाशित गर्दै आइरहेको छ।

नेपालमा क्रिप्टोकेन्सी, भर्चुअल करेन्सी, हाइपर फण्ड र नेटवर्क मार्केटिङ गैरकानूनी रहेको छ। यस्ता कारोबारलाई केन्द्रिय बैंकले पनि मान्यता दिएको छैन।

नेपाल भित्र बसोबास गर्ने नागरिक/फर्म/कम्पनी/संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिकहरुले एजेनसीहरुको कुनै पनि प्रकारका भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी (स्टेबल क्वाइन समेत) पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ र हाइपर फण्डमा कारोबार नगर्न सूचना प्रकाशित गरिएको हो।

यस्तो गरिएको वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने सूचनामा उल्लेख छ।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...