काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार
काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड
तस्बिरः पिक्सल टच

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।

वर्ल्ड ट्रेड सेन्टरले अनुमतिवबना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको महानगरले जनाएको छ ।

नक्सा पास विपरीतका संरचना हटाउने अभियान चलाइरहेको महानगरले अनुमतिबिना सञ्चालन भइरहेका व्यवसाय माथि पनि कारबाही शुरु गरेको हो।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार