पब्जी मोबाइल प्रो लिगः स्टलवार्टको भारी अग्रता

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशियाको दोस्रो दिन मंगोलियन टिम गडलाइक स्टलवार्टले भारी अग्रता कायम गरेको छ। पहिलो साता खेलिएको कुल ८ खेलमा १२३ अंक जोड्दै स्टलवार्ट अंक तालिकाको शीर्ष स्थानमा छ।

दक्षिण एशिया क्षेत्रका उत्कृष्ट पब्जी टिमबीचको प्रतियोगिता मंगलाबरदेखि शुरु भएको हो।

स्टलवार्टले दुई दिनको ८ खेलमा ४ चिकेन डिनरसहित ७० प्लेसमेन्ट तथा ५३ किल प्वाइन्ट सहित १२३अंक जोडेको छ।

पहिलो दिन उत्कृष्ट सुरुवात गरेको नेपाली टिम टी२को दोस्रो दिन राम्रो हुन सकेन। दोस्रो दिनमा टी२केले आफ्नो खातामा १५ अंक मात्र जोड्न सक्यो। ८३ अंक सहित टी२के दोस्रो स्थानमा छ।

बंगलादेशको १९५२एक्सडीआरडब्ल्यू ७३ अंक सहित तेस्रो स्थानमा छ। १९५२ पहिलो दिन २८ अंकसहित १० औं स्थानमा थियो। दोस्रो दिन ४५ अंक जोड्दै १९५२ ले ७ स्थान फड्को मारेको हो।

लिक्यूपिडियाका अनुसार पीएमपीएल साउथ एशियाको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर अर्थात १ करोड ९१ लाख २३ हजार रुपैयाँ राखिएको छ।

मंगलबारबाट शुरु भएको प्रतियोगिता २ अक्टोबरसम्म सञ्चालन हुनेछ। दक्षिण एशियाको सर्वाधिक ठूलो पुरस्कार राशीको पब्जी प्रतियोगिताको आयोजनकमा नडविन गेमिङ र क्राप्टन रहेका छन्।

यस प्रतियोगितमा कुल २० टिमको सहभागी छ। प्रतियोगिता लिग र फाइनल गरी दुई चरणमा खेलाइनेछ। लिग चरणमा उत्कृष्ट १६ स्थानमा रहने टिम फाइनलका लागि छनोट हुनेछन्।

लिग चरण ३० अगष्ट देखि २५ सेक्टेम्बरसम्म खेलिनेछ। २० टिमलाई ५ वटा समूहमा विभागजन गरिएको छ। एक दिनमा ५ खेल हुनेछ र सबै टिमले ४र४ खेल खेल्नेछन्। एक हप्तामा खेलिने २० खेलबाट शीर्ष १२ स्थानमा पर्ने टिमले एउटा अतिरिक्त लिभिक खेल खेल्न पाउँनेछन्।

लिग चरणलाई ३ हप्तामा विभाजन गरिएको छ। ५ दिनको खेललाई एक हप्ता मानिनेछ। लिगको चरणको हप्तामा शीर्ष १२ स्थानमा रहने टिमले बोनस प्वाइन्टका लागि लिभिक म्याप खेल्ने छन्। एक दिन अर्को हप्ताको शुरुवातका लागि अफ हुनेछ।

लिग चरणबाट शीर्ष १६ भित्र रहने टिम फाइनका लागि छनोट हुनेछन्। फाइनल ३० सेक्टेम्बरदेखि २ अक्टोबरसम्म खेलाइनेछ। ३ दिनसम्म सञ्चालन हुने फाइनलमा प्रत्येक टिमले १८ खेल खेल्नेछन्।

यस प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले उपाधीसँगै १० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। दोस्रो हुने टिमले ६ हजार ५०० अमेरिकी डलर र तेस्रो हुने टिमले ४ हजार ५०० अमेरिकी डलर प्राप्त गर्नेछन्।

फाइनमा पुग्ने सबै टिमले अंक तालिकामा आधारमा पुरस्कार राशी प्राप्त गर्नेछन्।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार