
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले महँगा मोबाइल, गाडी, मोटरसाइकल र मदिरा आयातमा बन्देज गरेको छ।
केन्द्रीय बैंकले सूचना जारी गरि नेपाल सरकारद्वारा नेपाल राजपत्र (खण्ड ७२), भदौ १३ गते प्रकाशित (अतिरिक्ताङ्क ३५) को सूचना बमोजिम गर्नु गराउन सबै वित्तिय क्षेत्रलाई निर्देशन दिएको छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरि सूचना प्रकाशित गरेको जनाएको छ।
गत भदौ १३ गते मन्त्रिपरिषदको बैठक बसी राजपत्रमा प्रकाशित भएपछि सरकारका प्रवक्ताले भदौ १४ गते सार्वजनिक गरेका थिए। मन्त्रिपरिषदको निर्णयबाट ३०० अमेरिकी डलरभन्दा माथिका वस्तु आयातमा रोक लगाउने निर्णय सुनाएको थियो। जसलाई केन्द्रीय बैंकले लागू गरेको जनाएको हो।
गत बैशाखदेखि लागू भएको निर्णयमा महँगा मोबाइल, गाडी, मदिरा र मोटरसाइकलको आयातमा प्रतिबन्ध छ।
सरकारले वैशाख १३ गते राजपत्रद्वारा गरिएको प्रतिबन्ध सूचीअनुसार गएको असार ३१ बाट भदौ १४ गतेसम्म आयातमा रोक लगाएको छ।
अब असोज २८ गतेसम्म महंगा वस्तुमा कडाई भएको छ।
वित्तिय संस्थाले यहि प्रयोजनाका लागि ऋण दिन कडाई गर्नुका साथै नियमानुसार अघि बढ्न सूचना जारी गरेको हो।
महँगा वस्तुको आयात प्रतिबन्ध व्यवसायीहरुले मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात खुलाउन सकारलाई दबाव दिँदै आएपनि मन्त्रिपरिषद र केन्द्रीय बैंकले कडाई गरेका हुन्।
विलासी वस्तुको आयात तत्काल खोल्न प्रधानमन्त्री राजि नभएपछि प्रमुख विलासी वस्तुको आयातमा प्रतिबन्ध गरेको बताईएको छ।
प्रकाशित: १६ भाद्र २०७९, बिहीबार