
काठमाडौं ।
वालिङ नगरपालिकाले टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई ३५ दिनभित्र तार व्यवस्थापन गर्न निर्देशन दिएको छ।
सडक तथा बजार कुरूप हुनेगरी राखिएका तार हटाउन निर्देशन दिएको नगर प्रमुख कृष्ण खाणले बताए।
“विजुली, केवल तथा नेट इन्टरनेटका तारहरु अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै बिग्रन गएकाले यसको स्थाइ रुपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरेका छौँ,” उनले भने।
नगरपालिकाभित्र आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक, एक केबुल टिभी, नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोनका तार रहेका छन्। सबैले जथाभावी तार राख्दा बजारै कुरूप भएको र दुर्घटनाको जोखिमसमेत बढेको नगरपालिकाको भनाइ छ।
नगरपालिकाका वडा नम्वर १, ६, ८, ९, १० र १३ मा अव्यवस्थित तार धेरै छन्। नगरपालिकाले छरपस्ट भएका तार नहटाए काट्ने चेतावनी दिएको छ।
प्रकाशित: १६ भाद्र २०७९, बिहीबार