सिंगापुरमा पहिलो डिजिटल बैंक शुरु

  • Technology Khabar | १६ भाद्र २०७९, बिहीबार
सिंगापुरमा पहिलो डिजिटल बैंक शुरु

काठमाडौं ।

सवारी हेलिङ फर्म ग्राब होल्डिङ्स र सिंगापुर टेलिकम्युनिकेसनसबीचको संयुक्त लगानीमा बुधबार सिंगापुरको पहिलो डिजिटल बैंक, जीएक्सएस बैंक सञ्चालनमा आएको छ।

सिंगापुरको केन्द्रिय बैंकबाट सन् २०२० मा जीएक्सएसले पूर्ण डिजिटल बैंकिङको इजाजतपत्र प्राप्त गरेपछि बचत खाता रोलआउट गरेको रोयटर्सले उल्लेख गरेको छ। जीएक्सएसले अन्य दक्षिण पूर्वी एशियाली देशहरुमा पनि डिजिटल बैंकिङ विस्तार गर्ने भएको छ।

जीएक्सएसको नेतृत्वको कन्सोर्टियमले अप्रिलमा मेलेसियामा डिजिटल बैंकिङ इजाजतपत्र प्राप्त गरेको थियो। त्यसको ३ महिनामा यसको मुख्य कम्पनीले इन्डोनेसियामा पीटी बैंक फार्म इन्टरनेशनलको १६.३ प्रतिशत सेयर किनेको थियो।

जीएक्सएसले कम बैंकिङ सेवा पाइरहेका जनसंख्यालाई सेवाको पहुँचमा ल्याउने लक्ष्य राखेको छ।

जीएक्सएस सिंगापुरका प्रमुख कार्यकारी अधिकृत चार्ल्स वोंगले भने, ‘जीएक्सएस् हाम्रो समुदायमा उद्यमीहरू, गिग इकोनोमी कार्यकर्ताहरू र प्रारम्भिक रोजगारदाताहरूको आवश्यकतालाई सपोर्ट गर्ने मिशनमा रहेको एउटा स्वदेशी बैंक हो। यो शुरु गर्न, हामी आधारभूत बचत खाताले उनीहरूको लक्ष्य र सपनाहरूलाई सपोर्ट गर्न के गर्न सक्छ भन्ने धारणालाई चुनौती दिइरहेका छौं।’

जीएक्सएस बचत खाता एप्पल स्टोर र गुगल प्लेस्टोरमा सेक्टेम्बर ५ देखि उपलब्ध हुनेछ।

प्रकाशित: १६ भाद्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...