प्रेस काउन्सिलबाट एक वर्षमा ३४ युट्युब च्यानल कारबाहीमा

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
प्रेस काउन्सिलबाट एक वर्षमा ३४ युट्युब च्यानल कारबाहीमा

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले काउन्सिलले पछिल्लो एक वर्षमा कुनै मिडियाअन्तर्गत आबद्ध नभएका पेसागत मर्यादाविपरीत सामग्री सम्प्रेषण गर्ने ३४ युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा सिफारिस गरेको छ।

दर्ता भएर सञ्चालनमा रहेका १४ ओटा युट्युब च्यानललाई आचारसंहिता बमोजिम कारबाही गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

पछिल्लोपटक आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको हो।

सामाजिक सद्भाव बिथोल्ने, जातिय एवं धार्मिक सहिष्णुता खल्बलाउने किसिमका सामग्रीहरू सम्प्रेषण गर्ने (वीरगोर्खाली) नामक युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)लाई सिफारिस गरेको हो।

काउन्सिलले सामाजिक सदभाव विगार्ने पत्रकारीताका मूल्य मान्यता विपरितका कार्य गर्ने जस्ता कार्यहरु नगर्न समेत सबैलाई आग्रह गरेको छ।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • १५ भाद्र २०७९, बुधबार