बैंक अफ काठमाण्डूका ग्राहकले कार्ड र क्यूआर कोड भुक्तान गर्दा मेरो स्टोरमा १०% छुट

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
बैंक अफ काठमाण्डूका ग्राहकले कार्ड र क्यूआर कोड भुक्तान गर्दा मेरो स्टोरमा १०% छुट

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ।

यस सम्झौता पश्चात् ग्राहकहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०% छुट पाउनेछन्।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ। मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको बताईएको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • १५ भाद्र २०७९, बुधबार