डाइनसोरमा विपरीत लिङ्गीलाई आकर्षित गर्न सिङ

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
डाइनसोरमा विपरीत लिङ्गीलाई आकर्षित गर्न सिङ

काठमाडौं ।

डाइनोसोरमा विपरीतलिङ्गीलाई आकर्षित गर्न सिङ रहेको अनुमान गरिएको छ।

डाइनोसरको अन्तिम अवस्थामा दुबै विपरित लिंगका भएकाले एकले अर्कालाई मनपराउने भएकाले खान नसकेको तर आपसमा लड्दा ध्वंस भएको अनुमान गरिएको बीबीसीले जनाएको छ।

डाइनसोर नै लोप हुनेगरी पृथ्वीमा महाप्रलय भएको दिन फ्रान्समा भीमकाय डाइनोसरको तिघ्राको हड्डी फेलापरेपनि मेक्सिकोमा बज्रीएको बीबीसीका जीवविज्ञान संवाददाता जोनाथन एमोसले ब्रेकिङ गरेका छन्।

अस्ट्रेलियामा फेला परेको जीवावशेष नयाँ प्रजातिको डाइनसोरले विपरित लिंगमा आकर्षित भएको प्रमाण फेला परेपनि मांशाहारि भएकाले एकले अर्कालाई खान खोज्दा नास भएको अनुमान गरिएको छ।

त्यस बेला निष्काशित ऊर्जा सन् २०२२ को ज्यानुअरीमा टोङ्गामा सुनामी आउनेगरी ज्वालामुखी विस्फोटन हुँदाको भन्दा झन्डै १,००० गुना बढी भएको हुनसक्ने बैज्ञानिक अनुमान छ।

करोडौं वर्षअघि डाइनसोर लोप हुनेगरी महाप्रलय हुँदा क्षुदग्रह बज्रिएको हुनसक्ने अनुमान रहेको छ।

६ करोड ६० लाख वर्षअघि एउटा क्षुद्रग्रह मेक्सिकोमा बज्रिँदा पृथ्वीबाट डाइनसोर लोप हुन पुगेको एक अध्ययनबाट थाहा भएको बीबीसीले जनाएको छ।

एमोसले मेक्सिकोमा क्षुद्रग्रह बज्रिदा आन्ध्र महासागरको छेउमा खगोलीय पिण्ड बज्रिँदा बनेको जस्तो देखिने अर्को एउटा विशाल खाल्डो फेला परेपछि यो रहस्य खुलेको थाहा भएको आफ्नो रिपोर्टिङमा जनाएका छन्।

यो खाल्डो मेक्सिकोको चिक्शूलूबस्थित खाल्डो जत्रो ठूलो नभएपनि कुनै विनाशकारी घटना भएको सङ्केत गरेको बीबीसीका संवाददाता जोनाथनले दाबी गरेका छन्।

नेडिअर क्र्याटर नामले चिनिने उक्त खाल्डो पश्चिम अफ्रिका गिनीको तटीय क्षेत्रबाट झन्डै ४०० किलोमिटर टाढा समुद्रको पीँधभन्दा ३०० मिटर तल रहेको छ।

यो खाडलको व्यास ८.५ किलोमिटरको आधारमा त्यहाँ बज्रिएको क्षुद्रग्रह ५०० मिटर जति चौडा भएको अनुमान गर्न सकिन्छ।

एडिन्बरास्थित हेरिअट–वाट यूनिभर्सिटीका वैज्ञानिक अइस्डेन निकोल्सनले गरेको अनुसन्धानबाट विगतमा पृथ्वीमा भएको जलवायु परिवर्तनलाई अझ राम्ररी बुझ्न भूकम्पीय सर्वेक्षणबाट प्राप्त तथ्याङ्कका आधारमा खाल्डो सहित विश्लेषण गरेका छन्।

त्यस्ता सर्वेक्षणहरू प्रायः तेल र प्राकृतिक ग्यासको खोजी गर्न ड्रिल गर्नुअघि गरिन्छ।

त्यस प्रकृतिको सर्वेक्षणमा भूमिमुनि भएको चट्टान र थिगरका विभिन्न तहको अभिलेख राखिन्छ।

“यी अध्ययनहरू पृथ्वीको अल्ट्रासाउन्ड गरे जस्तै हुन्। मैले झन्डै २० वर्ष त्यसको विश्लेषण गर्न व्यतीत गरेको छु, तर यसअघि यस्तो कहिल्यै देखेको थिइन।” वैज्ञानिक निकोल्सनले बताएका छन्।

“नेडिअर क्र्याटरको आकार क्षुद्रग्रह बज्रिँदा बनेको प्रमाण हो, यसको केही उठेको डिलले बीचमा रहेको उच्च भाग र त्यसपछि बाहिरपट्टि थुप्रिएका भग्नावशेषका तहहरूलाई घेर्छ।” उनले अध्ययन सहित दाबी गरेका छन्।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...