नेटफ्लिक्सले नयाँ विज्ञापन रणनीतिको नेतृत्व गर्न स्न्यापका अधिकारीहरू ल्यायो

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
नेटफ्लिक्सले नयाँ विज्ञापन रणनीतिको नेतृत्व गर्न स्न्यापका अधिकारीहरू ल्यायो

काठमाडौं ।

नेटफ्लिक्सले नयाँ विज्ञापन रणनीतिको नेतृत्व गर्न स्न्याप अधिकारीहरूलाई नियुक्त गरेको छ।

नेटफ्लिक्सले विज्ञापन सेवाहरूको सुरुवात गर्नका लागि मद्दत गर्न स्न्यापबाट दुई शीर्ष अधिकारीहरूलाई तानेर नियुक्त गरेको हो। स्न्यापका प्रमुख व्यापार अधिकारी जेरेमी गोर्मन र अमेरिकाका लागि यसको बिक्री उपाध्यक्ष पिटर नेलर, दुबैजना स्ट्रिमिङ जायन्टमा सामेल भएका छन् ।

कम्पनीले जेरेमी गोर्म्यानलाई विश्वव्यापी विज्ञापनको नयाँ अध्यक्षको रूपमा नियुक्त गरेको छ भने पीटर नेलरलाई पनि स्ट्रिमिङ सेवामा उही भूमिकामा ल्याएको जनाएको छ।

नेटफ्लिक्सले सन् २०२३ मा विज्ञापन-समर्थित सदस्यता टियर सुरू गर्ने तयारी गरिरहेको छ।

नेटफ्लिक्सले विज्ञापनहरूको साथ आफ्नो स्ट्रिमिङ सेवाको कम महँगो संस्करण सुरू गर्ने योजना गरिरहेको छ। जुलाईमा, यसले विज्ञापन प्रविधि प्रदान गर्न माइक्रोसफ्टसँग साझेदारीको घोषणा गर्यो।

नयाँ कार्यकारीहरूले नेटफ्लिक्समा विज्ञापन गर्न खोज्ने विज्ञापनदाताहरूसँग स्थापित सम्बन्ध बनाउन सहयोग गर्ने बताईएको छ।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार