
काठमाडौं ।
असुस रोग फोन ६डी विश्व बजारमा सार्वजनिक हुने भएको छ। रोग फोन ६डी सेक्टेम्बर १९ मा सार्वजनिक हुनेछ। कम्पनीले आगामी फोन सार्वजनिक हुने मिती ट्विटरमार्फत घोषणा गरेको हो।
गिजचाइनाका अनुसार असुसको फोन दुई भेरियन्ट रोग फोन ६डी र ६डी अल्टिमेट हुनेछ।
कम्पनीले गत जुलाईमा रोग फोन ६ र रोग फोन ६ प्रो सार्वजनिक गरेको थियो।
मिडिया रिपोर्टका अनुसार रोग फोन ६, ६ प्रो, ६डी र ६डी अल्टिमेट पूर्ववर्ती जस्तै देखिन्छ। रोग फोन ६ आईपीएक्स४ रेटिङ युक्त पहिलो गेमिङ फोन हुन सक्छ।
असुसको आगामी फोनमा डाइमेन्सिटी ९००० प्लस सीपीयू हुनेछ। रोग फोन ६डीमा ५० मेगापिक्सलको सोनी आईएमएक्स७५५ प्राइमेरी सेन्सर रहेको छ। ६००० एमएएचको ब्याट्रीले ६५ वाटको फास्ट चार्जर सपोर्ट गर्छ। फोनको डिस्प्ले १६५ हर्ज रिफ्रेस रेट प्रदान गर्छ।
प्रकाशित: १५ भाद्र २०७९, बुधबार