फ्रान्समा अघोषित पौडी पोखरीहरू पत्ता लगाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
फ्रान्समा अघोषित पौडी पोखरीहरू पत्ता लगाउन आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग

काठमाडौं ।

फ्रान्समा हजारौं अघोषित निजी स्वीमिङ पुलहरुको खोजले फ्रान्सेली कर अधिकारीहरूको लागि अप्रत्याशित राजश्व प्रदान गरेको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेर २० हजारभन्दा बढी गोप्य राखिएका निजी पौडी पोखरीहरू पत्ता लगाइएको हो।

फ्रन्सेली मिडियाको रिपोर्ट अनुसार करिब १० मिलियन युरो राजस्व संकलन भएको बीबीसीले लेखेको छ।

फ्रान्सेली कानूनका अनुसार स्वीमिङ्ग पूलहरुले सम्पत्तिको मूल्य बढाउँछ र ती सम्पत्ति उच्च करका स्रोत हुन्।

गुगल र फ्रान्सेली परामर्श फर्म क्यापजेमिनीद्वारा विकसित गरिएको सफ्टवेयरले अक्टोबर २०२१ मा परीक्षणको क्रममा ९ फ्रान्सेली क्षेत्रहरू हवाई तस्बिरमा पोखरीहरू देखिएको थियो।

डाटा वेबसाइट स्ट्याटिस्टाका अनुसार २०२० मा फ्रान्समा ३२ लाखभन्दा बढी निजी स्विमिङ पूलहरू रहेका थिए। कोभिड महामारी अघि नै यसको बिक्री बढेको थियो।

तर धेरै कर्मचारीहरूले घरबाट काम गर्न शुरु गरेसँगै नयाँ पुलहरु बनाउने क्रममा थप वृद्धि भएको थियो।

ले पेरिसियन पत्रिकाका अनुसार, ३० वर्ग मीटर (३२२ वर्ग फुट) को औसत पोखरीमा प्रति वर्ष २०० यूरो कर लगाइन्छ।

कर अधिकारीहरूका अनुसार सो सफ्टवेयर प्रयोग गरेर अघोषित घर विस्तारहरू, आँगन वा ग्याजेबोसहरू फेला पार्न सकिन्छ, जसले सम्पत्ति करमा पनि भूमिका खेल्छ।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार