एथर इनर्जीले उत्पादन गर्यो ५० हजार यूनिट इलेक्ट्रिक स्कुटर

  • Technology Khabar | १५ भाद्र २०७९, बुधबार
एथर इनर्जीले उत्पादन गर्यो ५० हजार यूनिट इलेक्ट्रिक स्कुटर

काठमाडौं ।

एथर इनर्जीले ५० हजार यूनिट इलेक्ट्रिक स्कुटर उत्पादन गरेको छ। नयाँ कम्पनीका लागि यो ठूलो उपलब्धि हो। एथर इनर्जीले भारतको होसुर स्थित प्लान्टबाट जनवरी २०२० देखि उत्पादन शुरु गरिरहेको छ। मार्च २०२२ मा कम्पनीले २५ हजार यूनिट उत्पादन पुरा गरेको थियो।

एथर इनर्जीले हाल ४५० प्लस तथा ४५० एक्स इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको छ। भर्खरै कम्पनीले जेन ३ मोडल सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। इलेक्ट्रिक स्कुटर ग्राहकको रोजाईमा पर्दा कम्पनीले तीब्र गतिमा उत्पादन वृद्धि गरिरहेको छ।

कम्पनीले मे महिनामा सबैभन्दा धेरै ३ हजार ८०७ यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको थियो। भने औसत बिक्री दर ३ हजार यूनिट रहेको छ।

एथर इनर्जीले इलेक्ट्रिक स्कुटर उत्पादन गरिरहेको प्लान्टको वार्षिक क्षमता १ लाख २ हजार यूनिट छ। कम्पनीले होसुरमा नयाँ प्लान्ट स्थापना गर्ने तयारी गरेको छ। नयाँ प्लान्ट सञ्चालनमा आएसँगै कम्पनीको वार्षिक उत्पादन क्षमता ४ लाख यूनिट पुग्नेछ।

बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले थप नयाँ प्लान्ट निर्माण गर्ने तयारी पनि शुरु गरिसकेको छ। यसका लागि कम्पनी करिब १०० एकड जमिन खोजिरहेको छ। यसका लागि कम्पनीले आन्ध्र प्रदेश, गुजरात, लेलंगाना र कर्नाटक सरकारसँग छलफल अघि बढाइरहेको छ।

रिपोर्टका अनुसार नयाँ प्लान्टको वार्षिक उत्पादन क्षमता १५ लाख यूनिट हुनेछ।

प्रकाशित: १५ भाद्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...