महंगा मोबाइल, गाडी, मोटरसाइकल आयातमा प्रतिबन्ध

Technology Khabar १४ भाद्र २०७९, मंगलवार

महंगा मोबाइल, गाडी, मोटरसाइकल आयातमा प्रतिबन्ध

काठमाडौं ।

सरकारले महँगा मोबाइल, गाडी र मोटरसाइकलको आयातमा फेरी प्रतिबन्ध लगाएको छ।

सरकारले गत वैशाखमा राजपत्रद्वारा यी वस्तुको आयातमा रोक लगाएको थियो।

सरकारले वैशाख १३ गते राजपत्रद्वारा गरिएको प्रतिबन्धमा असार ३१ बाट भदौ १४ गतेसम्म कडाई गरेको थियो।

मंहगा वस्तुको आयात प्रतिबन्ध व्यवसायीहरुले महँगा मोबाइल, महँगा गाडी, महंगा मोटरसाइकल र महंगा मदिराको आयात खुलाउन सकरारलाई दबाव दिंदै आएपनि हिजो सोमबार बसेको मन्त्रीपरिषद बैठकले आगामी असोज २८ गतेसम्म महंगा वस्तुमा कडाई गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मन्त्री कार्कीका अनुसार विलासी वस्तुको आयात तत्काल खोल्न प्रधानमन्त्री राजी नभए पछि प्रमुख विलासी वस्तुको आयातलाई यथावत राख्दै अन्य ६ वस्तुको आयात प्रतिबन्ध भने हटाउने निर्णयमा सरकार पुगेको हो।

उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

Sajilo Visa

प्रकाशित: १४ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार