सामसङ ग्यालेक्सी ए१३ स्मार्टफोन नेपालमा

  • Technology Khabar | १४ भाद्र २०७९, मंगलवार
सामसङ ग्यालेक्सी ए१३ स्मार्टफोन नेपालमा

काठमाडौं ।

सामसङ ‘ए’ सिरिज अन्तर्गत सामसङ ग्यालेक्सी ए१३ स्मार्टफोन नेपाल भित्रिने भएको छ। मिड रेन्जमा विश्व बजारमा रूचाइएको यो फोनलाई नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध गराउन लागेको कम्पनीलाई उद्दृत गर्दै ग्याजेटबाईटले जनाएको छ।

विशेषगरी कन्टेन्टमा काम गर्ने युवा पुस्ताका लागी यो स्मार्टफोन उपयोगी हुने जनाईएको छ।

सामसङ ग्यालेक्सी ए१३ स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्या क्यामेरा रहेको छ। एन्ड्रोइड १२ मा आधारित फोनमा अक्टाकोर प्रोसेसर रहेको छ। सुरक्षाका लागि नक्स सेक्युरिटी उपलब्ध हुनेछ।

४ र ६ जीबी र्याम भेरियन्टमा उपलब्ध हुने फोन ३२, ६४ र १२८ जीबी रोममा उपलब्ध हुनेछ।

यो फोनमा १५ वाटको फास्ट चार्जिङ सिस्टमसहित ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ।

यद्यपी यसको मिति र मुल्य भने निर्धारण गरिएको छैन।

सामुङ ग्याजेटको १२ हजार ४९९ रुपैयाँदेखि १ लाख ७९ हजार ९९९ रुपैयाँसम्म स्मार्टफोन नेपालमा खरिदबिक्रि भइरहेका छन्।

 

प्रकाशित: १४ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...