
काठमाडौं ।
एप्पलको आगामी आईफोन १४ सिरिजले ३० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने भएको छ। आईफोन १३ सिरिजमा प्रयोग गरिएको २० वाटको चार्जिङभन्दा आईफोन १४ को चार्ज फास्ट हुने एप्पलइन्साइडरले उल्लेख गरेको छ।
एप्पलले आईफोन १४ सिरिजको बक्समा चार्जर दिन्छ कि दिँदैन भन्ने विषय खुलाइएको छैन।
रिपोर्टका अनुसार आईफोन १४ ले ३० वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेछ। परीक्षणमा आईफोन १३ प्रो म्याक्सले २७ वाटको चार्जिङ सपोर्ट गरेको थियो। यसले गर्दा पनि आगामी आईफोन १४ सिरिजले ३० वाट चार्जिङ सपोर्ट गर्ने विश्वास गरिएको छ। आईफोन ८ वा नयाँले १८ वाट पीडी यूएसबी-सी वाल एडप्टरले ३० मिनेटमा ५० प्रतिशत ब्याट्री चार्ज हुन्छ।
आईफोन १२ र त्यसपछिका मोडलहरुले २० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।
एप्पलले आईफोन १४ सिरिज ७ सेक्टेम्बरमा सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। आईफोन १४ को डिस्प्ले ६.१ इन्च र आईफोन १४ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले पाउन सकिन्छ।
प्रकाशित: १४ भाद्र २०७९, मंगलवार