
काठमाडौं ।
पोकोले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ। पोकोले पोको एम५ विश्वव्यापी रुपमा सेप्टेम्बर ५ मा सार्वजनिक हुने माईस्मार्टप्राइसले उल्लेख गरेको छ।
पोकोले नयाँ स्मार्टफोन बिल्डटुआउटपर्फमेन्ट ट्यागलाइनका साथ लिस्ट गरेको छ। आगामी फोनको विस्तृत जानकारी पोको आधिकारिक ट्विटर एकाउन्टमा दिइएको छ। यो कम्पनीको सबैभन्दा पावरफुल स्मार्टफोन भएको पोकोको दाबी छ।
पोको स्मार्टफोनमा मिडियाटेक हेरियो जी९९ एसओसी प्रोसेसर दिइएको छ। फोनमा डुअल ब्रान्ड वाइफाई सपोर्टमा उपलब्ध हुनेछ। फोनमा सेक्यूरिटका लागि साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर दिइएको छ।
पोको एम५ स्मार्टफोन फुल एचडी प्लस रेजोल्यूसनका साथ ६.५८ इन्च एलसीडी डिस्प्लेमा उपलब्ध हुनेछ। स्मार्टफोनले मिडियाटेक हेलियो जी९९ एसओसी प्रोसेसर सपोर्ट गर्छ। र यसले एन्ड्रोइड १२ सपोर्ट गर्छ।
फोनमा ५० मेगापिक्सलको डुअल रियल क्यामरा दिइएको छ। ५००० एमएएच ब्याट्रीले ३३ वाट फास्ट चार्ज सपोर्ट गर्छ।
प्रकाशित: १४ भाद्र २०७९, मंगलवार