ईभी बिक्रीमा टेस्लालाई पछि पार्दै बीवाईडी शीर्ष स्थानमा

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
ईभी बिक्रीमा टेस्लालाई पछि पार्दै बीवाईडी शीर्ष स्थानमा

काठमाडौं ।

विश्वव्यापी रुपमा प्यासेन्जर इलेक्ट्रिक मेहिकलको बिक्री बढेको छ।

काउन्टरपोइन्टका अनुसार २०२२ को दोस्रो क्याटरमा इलेक्ट्रिक सवारीको बिक्री ५० प्रतिशतभन्दा माथिले बढेको हो। गत वर्षको सोही अवधिको तुलनामा इलेक्ट्रिक सवारीको विश्वव्यापी बिक्री ६१ प्रतिशतले बढेर २१ लाख ८० हजार यूनिट पुगेको छ।

कुल ईभी बिक्री मध्येमा ब्याट्री इलेक्ट्रिक सवारी साधन (बीईभीएस) करिब ७२ प्रतिशत र बाँकी प्लग इन हाइब्रिड इलेक्ट्रिक सवारी (पीएचईभीएस) रहेका छन्।

ईभी बिक्रीका हिसाबले चीन अग्र स्थानमा छ भने त्यसको पछि युरोप र अमेरिका रहेका छन्। गत वर्षको दोस्रो क्वाटरको तुलनामा चीनमा इलेक्ट्रिक सवारीको बिक्री ९२ प्रतिशतले बढेर १२ लाख ४० हजार यूनिट पुगेको छ। २०२१ को दोस्रो क्वाटरमा ईभी बिक्री ६ लाख ४ हजार यूनिट थियो।

टेस्लालाई पछि पार्दै बीवाईडी अटो पहिलो पटक सबभन्दा बिक्री हुने ईभी ब्रान्ड बन्न सफल भएको छ। चालु वर्षको दोस्रो क्वाटरमा बीवाईडीले ३ लाख ५४ हजार यूनिट ईभी ढुवानी गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २६६ प्रतिशत वृद्धि हो।

कम्पनीले आधिकारिक रुपमा मार्च २०२२ देखि आन्तरिक दहन इन्जिन सवारी उत्पादन तथा बिक्री बन्द गरेको छ। कम्पनी बीईभी र पीएचइभीको विकासमा केन्द्रित छ। त्रैमासिक अवधिमा बीवाईडीको बिक्रीको ६० प्रतिशतभन्दा धेरै हिस्सा शीर्ष ३ मोडल बीवाईडी सङ, बीवाईड हान र बीवाईडी किनको रहेको छ। कम्पनी बिस्तारै युरोपेली बजारमा पनि प्रवेश गर्दैछ।

२०२२ को दोस्रो क्वाटरमा टेस्लाको विश्वव्यापी बिक्री २७ प्रतिशतले बढेर २ लाख ५४ हजार यूनिट भएको छ। तर यो वृद्धि कम्पनीको अपेक्षा भन्दा कम हो। अमेरिकामा टेस्लाको ब्यापार बढे पनि चीन भने कम्पनीले कोभिड–१९ का कारण जारी लकडाउनको असर सामना गर्नु पर्यो। दोस्रो क्वाटरमा टेस्लाले चीनमा जम्मा ९८ हजार यूनिट कार मात्र बिक्री गर्न सफल भएको छ। चीनमा अप्रिल र मेमा संचयी बिक्री ४९ प्रतिशतले घटेको छ।
विश्वव्यापी रुपमा आफ्नो बिक्री १६ प्रतिशतले बढाउँदै वूलिङ तेस्रो स्थानमा रहेको छ।

चौथो स्थानमा बीएमडब्ल्यू र पाँचौ स्थानमा फक्सवागन रहेका छन्।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...