नेपालमा शुरू हुँदै हवाई एप ‘डिजियात्रा’, अनुहार पहिचान गरेर बोर्डिङ पास दिईने

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
नेपालमा शुरू हुँदै हवाई एप ‘डिजियात्रा’, अनुहार पहिचान गरेर बोर्डिङ पास दिईने

काठमाडौं ।

अबदेखि विश्वभर हवाई एपले बोर्डिङ पास लगायत काम गर्ने भएको छ। जसबाट आन्तरिक तथा बाह्य यात्रुलाई सहज हुनेछ।

विज्ञान तथा प्रविधिको विकास भएसँगै हवाई यात्रामा समेत पाउनुपर्ने दुखःबाट सहज हुँदै गएको हो। यसअघि सबैले यात्रा गर्दा अनिवार्य रुपमा बोर्डिङ पास लिनुपथ्र्यो। त्यो यात्राको पहिचान हो।

जहाजको टिकटसँगै बोर्डिङ पासले यात्रुलाई एउटा सिट पहिचान सहितको काम गर्ने गरी त्यस्तो पास उपलब्ध हुन्छ। हालसम्म विमानमा सवार हुनेले प्रिन्ट गरिएको बोर्डिङ पास पाउँने गरेका छन्।

अब विमानस्थलमा यात्रुको अनुहार नै बोर्डिङ पास बन्ने प्रविधिको विकास भएको छ। यसको सुरूवातमा ‘डिजियात्रा’ नाम दिइएको एप विमान बजारमा आएको हो।

फेसियल रिकग्निसन सिस्टमले काम गर्दा अनुहार मार्फत यात्रुको पहिचान हुने बीबीसीले जनाएको छ।

विश्वभर शुरु भएको यो एप भारतमा समेत सञ्चालनमा आएको छ।

नेपालमा पनि विमानस्थलमा पहिलो चरणमा आन्तरिक यात्रुहरूका लागि र त्यसपछि अन्तराष्ट्रिय उडानमा समेत लागु गरिने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका महानिर्देशक ई.प्रदिप अधिकारीले मानिसको अनुहार नै पहिचान गरेर बोर्डिङ पास उपलब्ध गराउन विमानहरूलाई निर्देशन दिइने जानकारी दिए।

उनले टेक्नोलोजिखबरसँग कुरा गर्दै भने,“हवाई यात्राको सहजीकरणका लागि भनेर तयार पारिएको डिजियात्रा एपमार्फत् आवश्यक काम हुनेछ, प्रविधिमा विदेशी धेरै देशसँगै छिमेकी मुलुक भारतले पनि लागू गरेकाले नेपालले छिट्टै कार्यान्वयन गर्नेछ।”

महानिर्देशक अधिकारीले एप सञ्चालनमा आएसँगै अब यात्रुले विमानस्थल प्रवेशका लागि हुने गरेको झन्झटबाट मुक्ति पाउने दाबी गरे।

यो एप एक बायोमेट्रिक प्रणाली हो जसले व्यक्तिलाई उसको अनुहार, आँखा, मुखको संयोजनबाट पहिचान गराउँछ। यसमा, अनुहारका सबै अंगहरू, विशेष गरी आँखा र अनुहारको पहिचान गर्ने गरिन्छ।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...