सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउन १० करोडको बजेट

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउन १० करोडको बजेट
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिने भएको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममार्फत देशभरका सामुदायिक क्याम्पसहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने भएको हो।

यसको लागि प्राधिकरणले चालु आवमा १० करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ।

प्राधिकरणले काठमाडौं उपत्यका भन्दा बाहिरका सबै जिल्लाका सामुदायिक क्याम्पसहरुमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने भएको हो।

यसको लागि आवश्यक बजेट ग्रामीण दूरसञ्चार विका कोषको रकमबाट खर्च गरिने छ।

प्राधिकरणले हाल स्थानीय तहका सबै कार्यालयहरु, सामुदायिक अस्पताल तथा स्वास्थ्य चौकी, विद्यालयलगायतमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याएको छ भने सरकारी माध्यमिक विद्यालयहरुमा समेत ब्रोडब्याण्ड इन्टरनेट बिस्तार गरिरहेको छ।

यो कार्यक्रममार्फत काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लाहरुका सबै सामुदायिक क्याम्पसहरुमा उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट सेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार