मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने युवा पक्राउ

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने युवा पक्राउ

काठमाडौं ।

सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गलत भ्रम फैलाएको भन्दै बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतवार नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुवरले बताए।

प्रहरीका अनुसार बिमलीलाई आइतवार  दिउँसो घरबाटै नियन्त्रणमा लिईएको हो। आवश्यक कारबाहीका लागि बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए।

बिमली  दमकमा आइटी अध्ययन गर्दै आएका विद्यार्थी भएको पाइएको प्रहरीले जनाएको छ। गोरखाापत्रबाट

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार