एयरटेलले अक्टुबरमा भारतमा फाइभजी शुरु गर्ने

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
एयरटेलले अक्टुबरमा भारतमा फाइभजी शुरु गर्ने

काठमाडौं ।

एयरटेलले भारतमा फाइभजी नेटवर्क शुरु गर्ने भएको छ। भारतमा फाइभजी इन्टरनेट सेवा लागू हुने चरणामा रहेको छ। भारतका ३ ठूलो टेलिकम कम्पनी फाइभजी नेटवर्क शुरु गर्ने तयरीमा जुटिसकेको जागरणले उल्लेख गरेको छ।

भारतमा जियो रिलायन्स वा एयरटेलमध्ये कसैले सबैभन्दा पहिले फाइभजी नेटवर्क शुरु गर्छ भन्ने हेर्न बाँकी छ।

भारत एयरटेलका अध्यक्ष सुनिल भारती मित्तलले कम्पनीले देशमा आफ्नो फाइभजी नेटवर्क लगाउने बताएका हुन्।

मिडिया रिपोर्टका अनुसार एयरटेलले भारतमा फाइभजी नेटवर्क शुरु गर्ने पछिल्लो २४ गरिरहेको छ। कम्पनीले सन् २०२२ को मध्यमामा फाइभजी सेवा शुरु गर्ने योजना बताएको थियो।

भारतका केन्द्रीय सञ्चार मन्त्री अश्विनी वैष्णवले फाइभजी नेटवर्क अक्टुबरमा शुरु हुने बताएका थिए। यस्तोमा एयरटेलले पनि आफ्नो फाइभजी नेटवर्क अक्टुबरमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

रिपोर्टका अनुसार आफ्नो कुराकानीको दौरान मित्तलले केही मानिसलाई फाइभजीको मामलामा भारत पछाडि रहेको भ्रम परेपछि त्यस्तो नभएको बताए। भारतमा फाइभजी नेटवर्क शुरु गर्न ढिलाई भएको छैन। भारतमा फाइभजीको मूल्य घट्ने क्रममा छ। यस्तोमा भारतका लागि यो उपयुक्त समय हो।

भारतमा एयरटेल, रिलायन्स जियो, अदानी डाटा नेटवक्र्स र भोडाफोन आइडियाले फाइभजी सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेका छन्।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार