चीनले ईभी ब्याट्री उत्सर्जको समीक्षा गर्न आवश्यकः सीएटीएल अध्यक्ष

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
चीनले ईभी ब्याट्री उत्सर्जको समीक्षा गर्न आवश्यकः सीएटीएल अध्यक्ष

काठमाडौं ।

चीनले इलेक्ट्रिक सवारी साधनको ब्याट्री सप्लाई चेनमा कार्बन फुटप्रिन्टहरुको अध्ययन र अनुगमन गर्ने पहललाई बढावा दिनु पर्ने सीएटीएलका अध्यक्ष जेङ युकुनले बताए।

यस अभियनामा चीन अन्य राष्ट्रहरुको तुलनामा पछि परिरहेको युकुनले भनेको बीएनएन ब्लूमबर्गले उल्लेख गरेको छ।

‘चीन संसारको प्रमुख सवारी ब्याट्री उत्पादन केन्द्रहरु मध्ये एक हो। तर उत्पादन प्रक्रियामा उत्सर्जन व्यवस्थापन गर्ने सन्दर्भमा अन्य देशहरुभन्दा पछाडि परेको देखिन्छ,’ वर्ल्ड न्यू इनर्जी भेहिकल कांग्रेस बेइजिङमा उनले भने।

बैठकमा उपस्थित प्रतिनिधिहरुले सरकारले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्न सुझाव दिए। यसका लागि अप टु डेट कार्बन उत्सर्जन डाटाबेस स्थापना गर्न आग्रह गरे। उत्पादन सुविधाहरु सुधार गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्नुपर्छ। कम ऊर्जा खपत उत्पादनहमा अधिक लगानी र ब्याट्री रिसाइकल व्यवसायहरु थप विकास गर्न आवश्यक भएको प्रतिनिधिहरुको भनाइ छ।

इलेक्ट्रिक सवारी साधनबाट हुने उत्सर्जन पनि विद्युतीय उत्पादनको स्रोतमा निर्भर हुने भए पनि सामान्यता परम्परागत कारबाट हुने उत्सर्जनको एक अंश मात्र हो। ब्याट्रीहरुको उत्पादन प्रक्रियाको क्रममा बढ्दो प्रदुषणको मात्रा चिन्ताको रुपमा देखिएको छ।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...