नेटवर्क नभएको स्थानमा आउँदो आईफोन १४ मार्फत स्याटेलाइट नेटवर्कको सुबिधा

  • Technology Khabar | १३ भाद्र २०७९, सोमबार
नेटवर्क नभएको स्थानमा आउँदो आईफोन १४ मार्फत स्याटेलाइट नेटवर्कको सुबिधा

काठमाडौं ।

एप्पलले आगामी आईफोन सिरिज अन्तर्गत आईफोन १४ सेप्टेम्बर ७ मा सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। आईफोन १४ सिरिजमा ३ प्रमुख फिचर उपलब्ध हुने एप्पलले संकेत गरेको छ।

एउटा मुख्य फिचरको रुपमा आईफोन १४ प्रयोगकर्ताले दूर्गम क्षेत्रमा स्याटेलाइट नेटवर्कको सुविधा प्राप्त गर्नेछन्। आईफोन १४ प्रयोगकर्ताले नेटवर्कको कभरेज नभएको दुर्गम क्षेत्रमा पनि इन्टरनेटको पहुँचबाट बञ्चित हुनु पर्दैन।

रिपोर्टका अनुसार एटलाइट कम्युनिकेसन फक्सकनले आईफोनलाई स्याटेलाइट नेटवर्कमार्फत क्यारियरको माध्यमबाट आपतकालीन सम्पर्कका लागि छोटो म्यासेज पठाउने सुविधा दिन्छ।

आईफोन १४ का प्रयोगकर्ताले टेलिफोन नेटवर्क सिग्नल नभएको स्थानमा स्याटेलाइटका माध्यमबाट सेवामा पहुँच राख्न सक्ने गिगचाइनाले उल्लेख गरेको छ।

यो सुविधाले आपतकालिन अवस्थामा रहेका आईफोन १४ प्रयोगकर्ताले मद्दत र उद्धारका लागि उपयोग गर्न सक्छन्। यो फिचर आपतकालिन अवस्थामा धेरै उपयोगी हुने एप्पलको दाबी छ।

विपदको समय, नेटवर्क नभएको स्थानमा हराउँदा तथा पहाडी क्षेत्रमा फसेकाहरुले यो सुविधाबाट आफन्त तथा आपतकालिन सेवाका लागि सम्पर्क स्थापना गर्न सक्छन्। यो विशेष परिस्थितिमा ‘जीवन बचाउने कार्य’ बराबर भएको एप्पलको दाबी छ।

संयोगवश इलन मस्को स्पेसएक्सले हालै मोबाइल स्याटेलाइट इन्टरनेट पहुँच पनि शुरु गरेको छ। स्याटेलाइट मोबाइल इन्टरनेटका लागि स्पेसएक्स र एप्पलबीच सहकार्य हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन। हालका लागि एप्पलको स्याटेलाइट सेवाका लागि स्पेसएक्ससँग सहकार्य गरेको छैन।

रिपोर्टकाअनुसार अमेरिकी स्याटेलाइट कम्युनिकेशन अपरेटर ग्लोबलस्टारले आईफोन १४ का लागि स्याटेलाइट नेटवर्किङ सेवा उपलब्ध गराउनेछ। आईफोन १४ मा स्याटेलाइट इन्टरनेट पहुँचलाई समर्थन गरे पनि फोरजी तथा फाइभजी कभरेज नभएको समयमा सबैले कल्पना गरे जस्तो यो प्रयोग गर्न भने सजिलो छैन। यसबाट केबल साधारण टेक्स्ट म्यासेज मात्र पठाउन सकिन्छ।

तर उच्च गतिको इन्टरनेट सेवा भने प्रयोग गर्न सकिँदैन। उत्तम अवस्थामा यो सेवाबाट फोन कलहरु गर्न सकिने सम्भावना रहने बताईएको छ।

प्रकाशित: १३ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १३ भाद्र २०७९, सोमबार