कार्ड स्क्यान गर्दै प्याड लिँदै

  • Technology Khabar | १२ भाद्र २०७९, आईतवार
कार्ड स्क्यान गर्दै प्याड लिँदै

काठमाडौं ।

सान्नीत्रिवेणी गाउँपालिकाले सातवटा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राका लागि सेनेटरी प्याड उपलब्ध गराउने ‘भेन्डिङ मेसिन स्मार्ट कार्ड’ प्रदान गरेको छ।

महिनावारी भएका बेला विद्यालयमा छात्राको उपस्थिति नहुने समस् यालाई सम्बोधन गर्न किशोरीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत यस्तो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। पञ्चदेवल माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई स्मार्ट कार्ड वितरण गरी शुक्रबार मेसिनको औपचारिक रूपमा उद्घाटन गरिएको छ।

गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (सज्याल)ले महिनावारीको समयमा छात्राले झेल्दै आएका समस्या समाधानका लागि भेन्डिङ मेसिन स्मार्ट कार्ड सञ्चालनमा ल्याइएको बताईन्। गोरखापत्रबाट

प्रकाशित: १२ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार