ट्विटर कम्पनी हुनु सबैभन्दा ठूलो पश्चातापः संस्थापक डोर्सी

  • Technology Khabar | ११ भाद्र २०७९, शनिबार
ट्विटर कम्पनी हुनु सबैभन्दा ठूलो पश्चातापः संस्थापक डोर्सी

काठमाडौं ।

ट्विटरका संस्थापक तथा पूर्व प्रमुख कार्यकारी ज्याक डोर्सीले ट्विटर कम्पनी भएकोमा पछुतो मानेका छन्। संस्थापक डोर्सीले बिहीबार सोसल मिडिया प्लेटफर्म कम्पनी भएको पछुतो भएको भनेर ट्वीट गरेका हुन्।

‘सबैभन्दा ठूलो समस्या र मेरो ठूलो अफसोस ट्विटर एक कम्पनी भयो,’ डोर्सीले ट्विटर उनले सोचेको जस्तो भएन भन्ने प्रश्नको जवाफमा ट्वीट गरेको रोयटर्सले उल्लेख गरेको छ।

विश्वका धनी इलन मस्कसँग ट्विटर बिक्री सम्झौता पूरा भएमा डोर्सीले ९७८ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन्।

ट्विटरले कुन संरचना अन्तर्गत काम गर्न चाहन्छ भनेर सोध्दा डोर्सीले भने कि यो ‘प्रोटोकल’ हुनुपर्छ र ट्विटर राज्य वा अर्को कुनै कम्पनीको स्वामित्वमा हुनु हुँदैन।

यदि यो एक प्रोटोकल हो भने ट्विटरले इमेल जस्तै काम गर्नेछ। जुन एउटा केन्द्रीकृत इकाईको नियन्त्रणमा हुने छैन। विभिन्न इमेल प्रायकहरुले अर्को सेवा प्रयोग गर्ने व्यक्तिहरुसँग कुराकानी गर्न सक्षम छन्।

कम्पनीले मस्कलाई ट्विटर खरिद सम्बन्धमा ४४ अर्ब अमेरिकी डलरको प्रस्तावबाट पछि हट्न खोजेको भन्दै मुद्दा दायर गरेको छ।

प्रकाशित: ११ भाद्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार